सिरहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै भएन काठमाडौं। सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन्। पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ। लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आव २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन्। अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्