७५३ स्थानीय तहमध्ये ४३ वटाले मात्र बजेट पेश गरे, ९४ प्रतिशतभन्दा बढीले गरेनन् काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहमध्ये ४३ वटाले मात्र आर्थिक वर्ष २०७८/७९ को लागि बजेट पेस गरेको जनाएको छ।कुल स्थानीय तहमध्ये बजेट पेस नगर्ने ९४.२९ प्रतिशत छन्।मन्त्रालयका अनुसार प्रदेश–१ का ६, प्रदेश–२ का ४, बागमती प्रदेशका ३, गण्डकी प्रदेशका १३,लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहले बजेट पेस गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्