विराटनगरले ल्यायो ४ अर्ब १० करोडको बजेट मोरङ। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरले फ्लाइओभर ब्रिज, सडक पूर्वाधार, प्रधानमन्त्री पार्क, धार्मिक स्थल लगातयतका पूर्वाधार बजेटमा सामेल गरेको छ। महानगरले चालू आर्थिक वर्षलाई ३ अर्ब ३७ करोड रुपैयाँको बजेट ल्याएको थियो। यसैगरी, विपन्न तथा गरिबलाई स्वास्थ्य सेवामा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटले गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्