खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको कोरोनाबाट मृत्यू काठमाडौं। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको मृत्यु भएको छ। कोभिड–१९ संक्रमित भएपछि उपचाररत श्रेष्ठको मृत्यू भएको हो। संक्रमण पुष्टि भएपछि वैशाख २३ गते नै उनी अस्पताल भर्ना भएका थिए। उपचारपछि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्यमा सुधार भएको थिएन। उनी २०७५ सालमा खुद्रा व्यापार संघको अध्यक्षमा निर्वाचित बनेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्