भूकम्पपछिको पुननिर्माणः ९९.३६ प्रतिशतले पहिलो किस्ता, ८८.६२ प्रतिशतले लिए दोस्रो किस्ता काठमाडौं। भूकम्पपछिको पुननिर्माणअन्तर्गत निजी घरमा क्षति पुगेका कुल आठलाख आठहजार २८२ लाभग्राहीमध्ये ९९.३६ प्रतिशतले पहिलो किस्ता लिएका छन्। यस्तै ८८.६२ प्रतिशतले दोस्रो किस्ता लिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। हालसम्म निजी आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरुलाई कार्तिक मसान्तसम्मको समयसीमा दिइने भएको छ। विभिन्न कारणले पीडितले दोस्रो र तेस्रो किस्ता लिन नसकेकाले समय बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्