रेमिट्यान्स कम्पनीले विनिमय दरमा एकरुपता ल्याउनुपर्ने काठमाडौं। नेपालका रेमिट्यान्स सेवाप्रदायक कम्पनीले विनिमय दरमा एकरुपता ल्याउनुपर्ने भएको छ। हालसम्म दिनमा एक पटक तोकिएको विनिमयदरमा कम्पनीहरुले दिनभर रेमिट्यान्स प्रदान गर्दै आएका थिए। अब दिनमा दुई पटक विदेशी विनिमय दरको मूल्य सार्वजनिक हुने भएपछि कम्पनीहरुले त्यहीअनुसार रेमिट्यान्स भुक्तानी गर्नुपर्ने छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै विनियमदरमा एकरुपता कायम गर्न रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्