फेरि बढ्यो इन्धनको मूल्य काठमाडौं। नेपाल आयल निगमले प्रतिलिटर डिजेल, पेट्रोल र मट्टितेल लगायत हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैंयाले वृद्धि गरेको छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैंयाँ, डिजेलको मूल्य प्रतिलिटर ११० रुपैंयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २ रुपैंयाँले बढेर ८२ रुपैंयाँ पुगेको छ। त्यसैगरी अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर २०ले बढेर ७३५ प्रतिकिलोलिटर पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्