एघार महिनामा नेपालको व्यापार घाटा साढे १२ खर्बभन्दा बढी काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १२ खर्ब६२ अर्ब ११ करोड९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। २०७७ साउनदेखि २०७८ जेठसम्मको अवधिमा नेपालले सो व्यापार घाटा ब्यहोरेको हो। भन्सार विभागका अनुसार सो अवधिमा १३खर्ब८३अर्ब ३६ करोड४९ लाख२४ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। सोही अवधिमा नेपालबाट एक खर्ब२१अर्ब २५करोड३९ लाख५९हजार रुपैयाँको वस्तु निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्