मौद्रिक नीतिले महामारी प्रभावित सबैलाई समेट्ने काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कोभिड–१९ महामारीबाट प्रभावित सबै क्षेत्रलाई समेट्ने बताएका छन्। उनले महामारीबाट नेपालको अर्थतन्त्रलाई उकास्न सबै क्षेत्रलाई समेटेर मौद्रिक नीति ल्याउने बताएका हुन्। उनले भने,“मौद्रिक नीतिले आफ्नो अधिकारभित्र रहेर कोभिड प्रभावित सबै क्षेत्रलाई समेट्ने कोशिस गर्नेछ।” जसको प्रत्यक्ष लाभ निजी क्षेत्रलाई हुने अधिकारीको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्