मनाङमा बाढीले पुल बगाएको स्थानमा दुईवटा काठेपुल निर्माण काठमाडौं। केही दिन अघि बाढीले मनाङको चामे गाउँपालिकामा रहेको पुल बगाएपछि त्यहाँ दुईवटा अस्थायी काठेपुल निर्माण गरिएको छ। नेपाली सेनाले नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा सो पुल निर्माण गरेको हो। “चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुईवटा अस्थायी काठेपुल निर्माण गरेको छ,”सेनाले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्