नेपाल टेलिकमद्वारा लुम्बिनी प्रदेशमा आईपी टिभी सञ्चालन, १८५सम्म च्यानल हेर्न सकिने काठमाडौं। टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि लुम्बिनी प्रदेशमा एफटीटीएचद्धार आईपी टिभी सञ्चालन गरेको छ। यो सेवा पहिलो चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, सन्धीखर्क,परासी र तौलीहवालगायतका स्थानहरुमा वितरण सुरु गरिएको हो। आगामी दिनमा निर्देशनालय वरिपरिका सम्पुर्ण क्षेत्रमा यो सेवा विस्तार गर्नको लागि कामहरु भइरहेको नेपाल टेलिकमले जनाएको छ। बेसिकमा१०२ र प्रिमियममा१८५ वटा टेलिभिजन च्यानल हेर्न सकिने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्