आक्रमण बढेपछि सुनचाँदी व्यवसायीले मागे सुरक्षा काठमाडौं। पछिल्लो समय सुनचाँदी व्यवसायीमाथि आक्रमण हुने क्रम बढेको छ। करिब एक महिनाअघि सिराहाका व्यवसायीको हत्यापछि लुटपाट भएको थियो। उक्त घटना सेलाउन नपाउँदै महोत्तरीमा अर्का व्यवसायीमाथि हमला भएको छ। महोत्तरीको राजीव ज्वेलर्सका सञ्चालक वीरेन्द्र साहलाई आक्रमण गरेर अज्ञात समूहले लुटपाट गरेपछि सुनचाँदी व्यवसायी महासंघले व्यवसायीको सुरक्षाको माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्