प्रतितोला ८०० ले घट्यो सुनको मूल्य काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ तोकेको छ। यसैगरी तोलामा १५ रुपैयााले घटेको चाँदीको प्रतितोला मूल्य एक हजार २९० रुपैयाँ कायम भएको महासंघले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्