डेनमार्क र आयरल्याण्डद्वारा नेपाललाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण काठमाडौं। डेनमार्क र आयरल्याण्डले कोरोना संक्रमणविरुद्ध लड्न नेपाललाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्। नेपालको लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजले ती सामाग्री आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन्। हस्तान्तरण कार्यक्रममा डेनमार्क र आयरल्याण्डका प्रतिनिधिको पनि उपस्थिती रहेको थियो। स्वास्थ्य सामाग्री बुझेपछि मन्त्री तामाङले दुवै देशलाई सहयोगको लागि धन्यवाद दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्