सिन्धुपाल्चोकका बाढी पीडितलाई नेपाल स्काउटको सहयोग काठमाडौं। सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीपहिरोका पीडितहरुलाई नेपाल स्काउटले सहयोग गरेको छ। उद्धार तथा राहतका लागि नेपाल स्काउटको टोली बुधबार प्रभावित क्षेत्र मेलम्ची पुगेको थियो। विपद् व्यवस्थापन तालिम प्राप्त स्काउटको टोलीले बाढीमा फसेका स्थानीयको उद्धार गरेको थियो। साथै बाढी प्रभावित ५० ओटा घरबाट सामानहरू निकाली सुरक्षित स्थानमा पुर्याएको थियो। साथै प्रभावित जनतालाई तत्काल आवश्यक राहत उपलब्ध गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्