दोर्दीखोला बाढी पीडितलाई गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोग काठमाडौं। लमजुङको दोर्दी– ८ हिलेबजारमा बाढीले बगाएका १७ घरलाई गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्बल,खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारको तर्फबाट कर्कटपाता वितरण भएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए। उक्त सामग्री प्रदेशमन्त्री मधुमाया गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेललगायतले वितरण गरेका छन्। दोर्दी खोलामा आएको बाढीले ती घर बगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्