महानगरको ‘पौरखी मेला’देखि ‘रिभल्विङ फण्ड’ सम्मको योजना काठमाडौं। उपत्यकाका स्थानीय तहहरू, काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरू, स्थानीय समुदाय र उद्योगी तथा व्यवसायीसँगको सहकार्यमा ‘पौरखी मेला’ आयोजना गरिने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। महामारीका कारण संकटमा परेका लघु, घरेलु र साना उद्योगहरुको पुनरुत्थानका लागि ‘रिभल्विङ फण्ड’ को स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्