मनाङमा हेलिकप्टरमार्फत पुर्‍याइयो राहत सामग्री पोखरा। हिमाल पारीको जिल्ला मनाङका बाढीपहिरो पीडित परिवारका लागि हेलिकप्टरबाट राहत सामग्री लगिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले हेलिकप्टरमार्फत ती सामग्री मनाङ पु¥याएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। मुख्यमन्त्री पोखरेलले तत्काल उद्धार एवम् सहयोगमा लाग्न र वर्षाका कारण अवरुद्ध मनाङ जोड्ने सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनसमेत निर्देशन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्