स्वास्थ्य बीमा शुल्कको ५० प्रतिशत रकम काठमाडौं महानगरले ब्यहोर्ने काठमाडौं। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत महानगरवासीको स्वास्थ्य बीमा शुल्कको ५० प्रतिशत रकम काठमाडौं महानगरले ब्यहोर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरामीको उपचारमा सहयोग होस् भनेर बीमा शुल्क ब्यहोर्ने नीति लिएको मेयर शाक्यले बताए। महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने कर र अन्य शुल्कमा सहुलीयतसमेत महानगरले प्रदान गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्