लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा १६० किलोमिटर सडक कालोपत्रे काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म प्रदेशमा १६० किलोमिटर सडक कालोपत्रे भएको दाबी गरेका छन्। आज प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले उक्त दाबी गरेका हुन्। चौधरीका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनीमा १७७ किलोमिटर सडक स्तरोन्नति र ७१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्