तीन गाउँपालिकामा अझै पुगेनन् वाणिज्य बैंक काठमाडौं। देशका ७५३ मध्ये ३ वटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकले तीन गाउँपालिकामा वाणिज्य बैंक नपुगेको बताएको हो। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको साइपाल गाउँपालिकामा बैंकले शाखा खोल्न नसकेका हुन्। भौगोलिक विकटता र सुरक्षा चुनौतिका कारण यस्तो भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्