सुदूरपश्चिम प्रदेश : आगामी बजेट रु २९ अर्बको हाराहारीमा सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट रु २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले आगामी आव ०७८/७९का लागि ल्याउन लागेकोे बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ। मन्त्रालयका अनुसार आव २०७८/७९ को बजेट रु २८ देखि २९ अर्बका बीचमा आउनेछ। बजेट असार १ गते ल्याउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्