गण्डकी प्रदेशमा मुख्यमन्त्रीले नै बजेट भाषणा गर्ने तयारी पोखरा। गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट भाषण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै गर्ने तयारी भएको छ। असार १ गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भएकाले नयाँ सरकार गठन भएपछि हतारमा सरकारले नीति तथा कार्यक्रमसहित बजेटको तयारीमा लागेको हो। प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद गठन भए पनि कार्यविभाजन नभएका कारण मुख्यमन्त्री पोखरेलले बजेट वाचन गर्ने तयारी भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्