क्यानडासँग नेपालको व्यापार घाटा १२ अर्बभन्दा बढी काठमाडौं।क्यानडासँग नेपालको व्यापार घाटा १२ अर्ब २ करोड ३० लाख ६८ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि वैशाख (१० महिना) सम्मको अवधिमा नेपालले सो व्यापार घाटा व्येहोरेको हो।सो अवधिमा क्यानडाबाट नेपालमा १२ अर्ब ७७ करोड ३६ लाख रुपैयाँको वस्तु आएको छ भने नेपालबाट ७५ करोड ५ लाख ३२ हजार रुपैयाँको वस्तु गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्