चौबिस घण्टामा भित्रिए १० लाखभन्दा बढी मेडिकल उपकरण काठमाडौं। पछिल्लो चौबिस घण्टामा विभिन्न नाकाबाट नेपालमा १० लाखभन्दा बढी मेडिकल उपकरण र औषधि भित्रिएको छ। अर्थ मन्त्रालयका अनुसार सो अवधिमा १० लाख १८ हजार ९०८ थान विभिन्न मेडिकल उपकरण, १२ हजार ४३६ एमटीक्यु अक्सिजन, ८ केजी कोरोना परिक्षण किट र ६ हजार ७१९ केजी स्यानिटाइजर लगायतका औषधिहरु नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्