चीनको युनान प्रान्तले पठाउने स्वास्थ्य सामाग्री भोली काठमाडौं आइपुग्ने काठमाडौं। चीन युनान प्रान्तले नेपाललाई सहयोगस्वरुप पठाउने स्वास्थ्य सामाग्री भोली काठमाडौं आइपुग्ने भएको छ। युनान प्रान्तले ४८ हजार एन ९५ मास्क, एक लाख १० हजार थान सर्जिकल मास्क र तीन हजार ८२० थान प्रोटेक्टिभ गार्मेन्ट (पीपीइ) जस्ता सामाग्रीहरु पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ। सामाग्री हिमालयन एयरलाइन्सको चार्टर्ड उडानबाट ल्याइनेछ। भोली नै ती सामाग्री काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई हस्तान्तरण गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्