तातोपानी आइपुग्यो तिब्बतको गुड विल फाउण्डेसनले पठाएको ५० थान अक्सिजन कन्सेन्ट्रेटर काठमाडौं। चीनको स्वाशाषित क्षेत्र तिब्बतस्थित गैर सरकारी संस्था गुड विल फाउन्डेसनले कोरोना महामारी विरुद्धको लडाईंमा नेपाललाई सहयोगस्वरुप पठाएको ५० थान कन्सन्ट्रेटर आज तातोपानी नाकामा आइपुगेको छ। ती सामाग्री आज साँझै नेपाली पक्षले बुझेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोरोना महामारीबीच तिब्बत सरकार र त्यहाँका संस्थाले नेपाललाई सहयोगस्वरुप विभिन्न स्वास्थ्य सामाग्री पठाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्