डेनमार्कले २६ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री पठाउँदै काठमाडौं। युरोपेली राष्ट्र डेनमार्कले कोरोना महामारी विरुद्धको लडाईंमा सहयोग गर्न नेपाललाई २६ थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। ती सामाग्री डेनमार्कले छिट्टै उपलब्ध गराउने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजै मात्र युरोपेली राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले मास्क, गगल्स, पञ्जा, अक्सिमिटर, एन्टीजेन टेष्ट किट, थर्मोमिटर, फेसशिल्ड लगायका सामाग्री नेपाललाई हस्तान्तरण गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्