पाकिस्तानले लगायो नेपाललगायत २६ देशसँगको हवाई उडानमा प्रतिबन्ध काठमाडौं। पाकिस्तानले नेपाललगायत २६ देशसँगको हवाई यात्रामा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले यी सबै देशलाई ‘सी’ क्याटागोरीमा राख्दै अर्को सूचना जारी नहुन्जेलसम्मको लागि प्रतिबन्ध लगाएको हो। पाकिस्तानले ‘ए’ क्याटागोरीमा राखेका देशका यात्रुलाई यात्रामा छुट दिएको छ भने ‘बी’ क्याटागोरीमा रहेका देशका यात्रुले पाकिस्तान आउँदा ७२ घण्टा पहिला परीक्षण गरेको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्