सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा काठमाडौं। पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान ६ बजेदेखि स्याङजाको फेदीखोला गाउँपालिकामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा बन्द भएको थियो। अवरुद्ध भएको ५ घन्टापछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो। सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्