प्रदेश १ मा दीर्घकालिन आम्दानीका लागि घरेलु मदिराको ‘ब्राण्डीङ’ गरिने काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घरेलु मदिरालाई व्यवस्थित गर्न ‘ब्राण्डीङ’गर्ने सरकारको नीति रहेको बताएका छन्। आर्थिक समृद्धिसँग जोडिने घरेलु मदिरालाई ब्राण्डीङ गर्दा दीर्घकालिन आम्दानी स्रोत बन्न सक्ने उनले बताए। प्रदेश सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै उनले भने,“विदेशी रक्सीलाई मिठो मानेर खाने तर हाम्रो गाउँघरमा बन्ने अर्गानिक मदिरालाई ब्राण्डीङ गर्ने नीतिलाई विरोध गर्नु राम्रो होइन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्