चार दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज सेयर बजारमा उत्साहजनक वृद्धि आउँदा झण्डै चार दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजारमा ४४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसक्रममा आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। एकै दिन यतिधेरै कम्पनीमा आएको वृद्धि अहिलेसम्मकै सबैभन्दा बढी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्