भारतको प्नतिबन्धले नेपालगञ्‍जमा थन्कियो जडीबुटी <p>नेपालगञ्&zwj;ज। भारतको प्रतिबन्धका कारण&nbsp;नेपालगञ्&zwj;जको गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएको छ।&nbsp;&nbsp;</p> <p>नेपालबाट भारततर्फ जाने ५४ प्रकारका जडीबुटीमा भारतले प्रतिबन्ध लगाएपछि&nbsp;गोदाममै थन्किएको हो।&nbsp;</p> <p>नेपालबाट रिठ्ठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका जडीबुटीको आयातमा भारतले छ महिनादेखि प्रतिबन्ध लगाएको छ।</p> <p>नेपाल जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले केही वर्षदेखि &lsquo;ट्रान्जिट परमिट&rsquo; को नाममा भारतले अवरोध गरेकाले जडीबुटीको निकासी न्यून हुँदै गएको बताएका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्