कर्णालीमा अक्सिजन प्लान्ट स्थापनासम्बन्धी सम्झौता कर्णाली। सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनसम्बन्धी समझदारी भएको छ। सो समझदारीपत्रमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीको उपस्थितिमा आज मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री र नगर प्रमुख देवकुमार सुवेदीबीच हस्ताक्षर भएको हो। समझदारीअनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले नगरपालिकालाई एक पटकका लागि रु ६५ लाख उपलब्ध गराउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्