‘खुवालुङ’ ढुंगालाई संरक्षण गरेर जलमार्ग बनाउने काठमाडौं। सप्तकोशीको त्रिवेणीमा रहेको ‘खुवालुङ’ ढुंगालाई संरक्षण गरेर जलमार्ग बनाउने तयारी प्रदेश सरकारले गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा किराँती संस्कृति,सभ्यता र मुन्धुमसँग जोडिएको ‘खुवालुङ’ढुंगाको संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने विषय समेटिएको छ। अरुण, तमोर र दुधकोशीमा जलयातायातको सम्भाव्यता अध्ययन गरिने र नदी किनारमा रहेका ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक पर्यटकीय केन्द्रको संरक्षण र विकास गरिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्