राजस्व संकलनमा १५.८ प्रतिशतले वृद्धि काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ९ महिनामा ६ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १५.८ प्रतिशत बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थका अनुसार कूल राजस्वमा कर राजस्व ६ खर्ब ३६ अर्ब ७० करोड र गैरकर राजस्व ४७ अर्ब १७ करोड रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्