युरोकपको पूर्वानुमान गरेर नेक्ससबाट एक लाख जित्न सकिने काठमाडौं। युरोकपको सही पूर्वानुमान गरेर रोलिङ नेक्ससबाट एक लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिने भएको छ। यसका लागि १२ जुनदेखि हुने प्रतियोगिताको सबै प्रतियोगिता अवधिका सबै खेलमा अनुमान गर्नुपर्नेछ। सहभागीहरुलाई प्रत्येक खेलको अनुमानका आधारमा अंक दिइँदै जाने र फाइनलसम्म सबैभन्दा बढी अंक पाउनेले पुरस्कार जित्ने बताइएको छ। यसका लागि कम्पनीको फेसबुक पेजमा गएर आवश्यक प्रक्रिया पुर्‍याउनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्