आगलागीबाट तीन लाख बढीको क्षति सुनसरी। सुनसरीको सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ। स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीबाट उक्त क्षती भएको हो। सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले विद्युत् सर्ट भएर आगलागी भएको बताए। आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्