पाकिस्तानको व्यापारघाटा १३४ प्रतिशत वृद्धि एजेन्सी। आर्थिकरुपमा कमजोर बन्दै गएको पाकिस्तानको यो वर्षको मे महिनामा व्यापारघाटा १३४ प्रतिशत बढेको छ। अघिल्लो वर्ष यसै महिनामा व्यापारघाटा १.४६६ बिलियन डलर थियो भने अहिले बढेर ३.४३२ बिलियन डलर पुगेको छ। निर्यातमा सुस्तता र आयात अधिक वृद्धि हुँदा यो अवस्था आएको हो। व्यापारघाटा बढ्नुमा इन्धन, खाद्यान्न, प्रविधि, मलखाद, भ्याक्सिन तथा अन्य औषधि अधिक मात्रामा आयात हुनुलाई कारण मानिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्