प्रदेश २ का मुख्यमन्त्रीले भने– बजेट सच्याऊ, नभए म आफै सच्याउँछु जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले व्यापारघाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय सच्याउन माग गरेका छन्। निर्णय नसच्चिए आफैले आवश्यक कदम चाल्ने चेतावनी दिँदै उनले विज्ञप्तिमा भनेका छन्, “नेपाल सरकारको वक्तव्यलाई सच्याउन आग्रह गर्नुका साथै यस्तो कार्य तत्काल नरोकिए तराई-मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्