आठ महिनामा साढे २५ अर्बभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २५ अर्ब ५१ करोडको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। उक्त लगानी २०७७ साउनदेखि फागुनसम्मको अवधिमा १३३ उद्योगहरुमा आएको हो। यो लगानीबाट ३ हजार ७४० रोजगारी सिर्जना हुने विश्वास गरिएको छ। आर्थिक वर्ष २०७६/७७मा १७३ उद्योगमा २९ अर्ब ६७ करोड वैदैशिक लगागनीको प्रतिबद्धता प्राप्त भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्