फ्रान्सले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो काठमाडौं। फ्रान्सले युरोपियन युनियनको सिविल प्रोटेक्सन मेकानिज्मअन्तर्गत नेपाललाई पठाएको स्वास्थ्य सामाग्री आज बिहान काठमाडौं आइपुगेको छ। त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामाग्री नेपालका लागि फ्रान्सका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेन्टिलेटर, फेस मास्क, एफएफपीटु मास्क, भिनाइल ग्लोभ, आइसोलेसन गाउन र टेस्टकिट लगायतका स्वास्थ्य सामाग्री फ्रान्सले पठाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्