भारतमा एक महिनामा पेट्रोल–डिजेलको मूल्य १७ पटक बढ्यो, बनायो नयाँ रेकर्ड बीबीसी। पछिल्लो एक महिनामा भारतमा पेट्रोल–डिजेलको मूल्य १७औं पटक बढेको छ। मंगलबार सरकारी पेट्रोलियम कम्पनीले पेट्रोलमा प्रति लिटर २६ पैसा र डिजेलमा प्रति लिटर २३ पैसा वृद्धि गरेको छ। योसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै सबैभन्दा महंगो भएको छ। मूल्य वृद्धिपछि दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४.४९ भारतीय रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ८५.३८ भारतीय रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्