आइएनजिओहरुले आउँदो वर्ष बजेट बाहिरबाट नेपालमा १६ अर्बभन्दा बढी रकम खर्च गर्ने काठमाडौं। गैरसरकारी संस्थाहरुले आउँदो आर्थिक वर्ष २०७८/७९ मा नेपालमा बजेट बाहिरबाट १६ अर्ब २० करोड ८२ लाख ५० हजार रुपैयाँ खर्च गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार उनीहले १२६ वटा आयोजनामार्फत उक्त रकम खर्च गर्न लागेका हुन्। आइएनजिओहरुले प्राविधिक सहायताअन्तर्गत उक्त रकम खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ। आइएनजिओहरुले बजेट बाहिरबाट नेपालका ७७ वटै जिल्लामा रकम खर्च गर्दैछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्