तोलामा २०० ले बढ्यो सुनको मूल्य काठमाडौं। आज नेपाली बजारमा प्रतितोला सुनको मूल्य २०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै तोलामा २०० ले बढेको बताएको हो। जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्