यी हुन् आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका चार प्राथमिकता काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि आज प्रस्तुत गरेको बजेटमा मुख्य चारवटा उद्देश्य तथा प्राथमिकता निर्धारण गरेको छ। प्राथमिकता क्षेत्रमा कोरोना महामारीमा नागरिकको जीवनरक्षा, आर्थिक गतिविधि एवं विकास निर्माणलाई तीव्रता, राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ तथा सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सार्वजनिक, निजी, सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्