आयल निगमले कमायो सबैभन्दा बढी नाफा काठमाडौं। आयल निगमले नाफामा सबै सरकारी संस्थानलाई उछिनेको छ। गत वर्ष २०७७ मा १२ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। नाफा कमाउने सरकारी संस्थानको दोस्रो स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड रुपैयाँ कमाएको छ। यसैगरी, तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्