जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त जुम्ला। कोरोना भाइरसको रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँमा ब्यस्त भएका छन्। मार्सी चामलको माग बढेपछि यो धान खेतीमा किसानको सङ्ख्या बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए।कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्