नेपालमा ६८ प्रतिशतभन्दा बढी मोबाइल इन्टरनेट प्रयोगकर्ता काठमाडौं। नेपालमा कूल इन्टरनेट प्रयोगकर्तामा ६८.०८ प्रतिशत मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७÷७८ को पहिलो आठ महिनाको रिपोर्टमा सो कुरा देखाइएको छ। रिपोर्टमा नेपालमा एककरोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको उल्लेख छ। नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार जनाको पहुँचमा इन्टरनेट पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्