भारतमा खाद्यान्न उत्पादन बढ्ने प्रक्षेपण एजेन्सी। भारतमा २०२०-२१ (फसल वर्ष) खाद्यान्न उत्पादन बढ्ने कृषि मन्त्रालयले अनुमान गरेको छ। मनसुनले साथ दिएका कारण धान, गहुँ र दलहन उत्पादन वृद्धिको अनुमान गरिएको हो। २०२०-२१ मा खाद्यान्न उत्पादन बढेर ३० करोड ५४ लाख टन पुग्ने मन्त्रालयले बताएको छ। यो अघिल्लो वर्षभन्दा २.६६ प्रतिशत बढी हो। अघिल्लो वर्ष त्यहाँको खाद्यान्न उत्पादन २९ करोड ७५ लाख टन थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्